काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १० हजार १ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा दुई लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन मंगलबार तीन लाख एक हजार ९०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा १८५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी प्रतितोला चार हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया