काठमाडौँ । मेटा कम्पनीका प्रमुख उत्पादनहरू फेसबुक र म्यासेन्जरमा शुक्रबार नेपालसहित समस्या देखिएको छ। प्राविधिक समस्या देखिएको भन्दै विश्वभरका प्रयोगकर्ताहरुले रिपोर्ट गरिरहेका छन् ।

शुक्रबार साँझदेखि सुरु भएको यस समस्याका कारण प्रयोगकर्ताहरूको फेसबुक एकाउन्ट स्वतः लग-आउट भएको छ। पुनः लग-इन गर्न खोज्दा ‘अनपेक्षित त्रुटि’ वा ‘केही गलत भयो’जस्ता सन्देशहरू देखिएका छन् । जसले गर्दा प्रयोगकर्ताहरू आफ्नो एकाउन्टमा पहुँच बनाउन असमर्थ भएका छन् ।

advertisement

फेसबुक र म्यासेन्जरको मोबाइल एप र वेबसाइट दुवैमा यो समस्या देखिएको हो। मेटाका अन्य सेवाहरू ह्वाट्सएप र इन्स्टाग्राम भने धेरै हदसम्म सञ्चालनमा रहे पनि इन्स्टाग्रामको वेब संस्करणमा भने केही समस्याहरू देखिएको रिपोर्ट गरिएको छ।

मेटाले आफ्ना उपभोक्ता उत्पादनहरूको अवस्थाबारे जानकारी दिन कुनै आधिकारिक ‘स्टेटस पेज’ सञ्चालन गरेको छैन भने उसको बिजनेस टूल्स स्टेटस पेजमा समेत यस अवरोधबारे कुनै तत्काल अपडेट दिएको छैन ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com