काठमाडौं। सुर्खेतमा पौडी खेल्ने क्रममा एक जना युवकको डुबेर मृत्यु भएको छ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिका–११ झुप्राखोलाको सुब्बाकुनाका २० वर्षीय मनोज बाडा मगरको झुप्राखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

advertisement

खोलामा नुहाउन गएका उनी डुबेपछि उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

अचेत अवस्थाका मगरलाई पौने १२ बजेतिर कर्णाली प्रदेश अस्पताल कालागाँउ पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी कबिन्द्रसिंह बोहराले बताए।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com