काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन जाने भएका छन्।
यसअघि कांग्रेसले महाधिवेशन उद्घाटन सत्रमा पार्टीको तर्फबाट उपसभापति पुष्पा भुसाललाई प्रतिनिधिका रूपमा पठाउने तयारी गरेको थियो। सभापति थापाले पनि सामाजिक सञ्जालमार्फत रास्वपालाई प्रथम महाधिवेशनको शुभकामना व्यक्त गरेका थिए।
तर, प्रमुख दलका सभापति भएर पनि उद्घाटन समारोहमा स्वयं उपस्थित नहुने निर्णयबारे विभिन्न तहबाट प्रतिक्रिया आएपछि कार्यक्रम पुनः समीक्षा गरिएको कांग्रेस स्रोतले जनाएको छ। त्यसपछि महाधिवेशनमा शुभकामना मन्तव्य दिन सभापति थापा स्वयं चितवन जाने तय भएको हो।
कांग्रेसका एक पदाधिकारीका अनुसार प्रारम्भिक रूपमा उपसभापति भुसाललाई पठाउने निर्णय भए पनि पछिल्ला प्रतिक्रियाहरूलाई ध्यानमा राख्दै सभापति थापाको सहभागिता सुनिश्चित गरिएको हो।
रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनले पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना तथा नेतृत्व चयनका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन जाने भएका छन्।
यसअघि कांग्रेसले महाधिवेशन उद्घाटन सत्रमा पार्टीको तर्फबाट उपसभापति पुष्पा भुसाललाई प्रतिनिधिका रूपमा पठाउने तयारी गरेको थियो। सभापति थापाले पनि सामाजिक सञ्जालमार्फत रास्वपालाई प्रथम महाधिवेशनको शुभकामना व्यक्त गरेका थिए।
तर, प्रमुख दलका सभापति भएर पनि उद्घाटन समारोहमा स्वयं उपस्थित नहुने निर्णयबारे विभिन्न तहबाट प्रतिक्रिया आएपछि कार्यक्रम पुनः समीक्षा गरिएको कांग्रेस स्रोतले जनाएको छ। त्यसपछि महाधिवेशनमा शुभकामना मन्तव्य दिन सभापति थापा स्वयं चितवन जाने तय भएको हो।
कांग्रेसका एक पदाधिकारीका अनुसार प्रारम्भिक रूपमा उपसभापति भुसाललाई पठाउने निर्णय भए पनि पछिल्ला प्रतिक्रियाहरूलाई ध्यानमा राख्दै सभापति थापाको सहभागिता सुनिश्चित गरिएको हो।
रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनले पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना तथा नेतृत्व चयनका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार

प्रतिक्रिया