चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनसम्बन्धी संशोधित कार्यतालिका सार्वजनिक गरिएको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आइतबार महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशन गर्दै निर्वाचन प्रक्रियाका आगामी चरणहरूबारे जानकारी दिएको हो।
निर्वाचन आयोगका अनुसार महाधिवेशनको व्यवस्थापन तथा निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्यतालिकामा आवश्यक परिमार्जन गरी नयाँ तालिका सार्वजनिक गरिएको हो।
पुनः प्रकाशित कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता, दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा मतदानलगायतका सम्पूर्ण कार्यक्रम सञ्चालन हुनेछन्।
पुनः प्रकाशित निर्वाचन कार्यतालिका:

प्रकाशित मिति: ७ असार २०८३, आइतबार













प्रतिक्रिया