काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिका–५, मन्टारी मा बँदेल नियन्त्रणका लागि जोडिएको विद्युतीय करेन्टमा परेर एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढाको बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेका थिए। सोही करेन्टमा परेर उनकी करिब ६० वर्षीया श्रीमती हुमकला भण्डारी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिए पनि चिकित्सकले बिहान करिब ३:३० बजे मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मी ले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार













प्रतिक्रिया