काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बर्दियाबाट जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियानको औपचारिक शुभारम्भ गरेकी छन्।
अभियानअन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी परिवारलाई मन्त्री रावलले लालपुर्जा वितरण गरिन्। वर्षौंदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका उनीहरूले लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनीको मान्यता प्राप्त गरेका छन्।
यस अवसरमा मन्त्री रावलले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै सबै योग्य लाभग्राहीलाई चरणबद्ध रूपमा लालपुर्जा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार












प्रतिक्रिया