काठमाडौं । गाजा क्षेत्रमा उपचारको अभावका कारण हालसम्म कम्तीमा ३ सय जनाको मृत्यु भएको छ भने युद्धमा घाइते भएका तथा गम्भीर बिरामी परेका करिब १५ हजार व्यक्ति अझै उपचारको प्रतीक्षामा रहेका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजाबाहिर उपचारका लागि मेडिकल इभ्याकुएसन (बिरामी स्थानान्तरण) हुन नसक्दा उनीहरूले समयमै उपचार पाउन सकेका छैनन्।
बीबीसी फारसीका अनुसार गाजाबाट बाहिर उपचारका लागि जान चाहने बिरामीले विभिन्न सुरक्षा प्रक्रिया पार गर्नुपर्ने हुन्छ, जसमा इजरायलको सुरक्षा जाँच पनि समावेश छ। यसका कारण धेरै बिरामी लामो समयदेखि प्रतीक्षामा बस्न बाध्य छन्। संयुक्त राष्ट्रसंघका तथ्यांकअनुसार गाजाका ६ सयभन्दा बढी स्वास्थ्य संस्थामध्ये हाल करिब ३० वटा मात्रै पूर्ण रूपमा सञ्चालनमा छन्। मानवीय सहायता संस्थाहरूले इजरायलले औषधि तथा अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिमा प्रतिबन्ध लगाइरहेको आरोप लगाएका छन् भने इजरायलले उक्त आरोप अस्वीकार गर्दै आएको छ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया