काठमाडौं । गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको उपचारका क्रममा निधन भएको छ।
पारिवारिक स्रोतका अनुसार माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रहेका पोखरेलको आइतबार निधन भएको हो।
पोखरेलले २०५५ वैशाखदेखि २०५७ कात्तिकसम्म गृह मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए। निजामती प्रशासनमा लामो समय योगदान दिएका उनी अनुभवी प्रशासकका रूपमा परिचित थिए।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार













प्रतिक्रिया