काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले आइतबार रातिदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्छ। साथै, कोशी र बागमतीका पहाडी क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षासँगै बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, जल तथा मौसम विज्ञान विभागबाट जारी हुने पछिल्ला मौसम सूचनामा नियमित अद्यावधिक रहन पनि अनुरोध गरिएको छ।
महाशाखाले वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने चेतावनी दिएको छ।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार












प्रतिक्रिया