काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङ प्रणालीमार्फत नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारीहरूले मंगलबार सिंहदरबार परिसरमै धर्ना प्रदर्शन गरेका छन्।

सरकारको प्रस्तावित व्यवस्थाले वर्षौंदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित बन्ने भन्दै उनीहरूले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन्।

आन्दोलनमा सहभागी कर्मचारीहरूले आफूहरू लामो समयदेखि विभिन्न मन्त्रालयमा निरन्तर सेवा दिँदै आएको उल्लेख गर्दै कुनै स्पष्ट विकल्प वा सुरक्षा व्यवस्था नगरी सेवाबाट हटाउने प्रयास अन्यायपूर्ण भएको बताएका छन्।

उनीहरूले करार सेवामा कार्यरत कर्मचारीको सेवाको सुनिश्चितता गर्न, रोजगारीको अधिकार संरक्षण गर्न तथा आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनका क्रममा कर्मचारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै आफ्ना मागप्रति गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रह गरेका थिए। उनीहरूले माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com