काडमाडाैं ।  नेपालका स्वास्थ्य संस्थाहरूमा भइरहेको चरम श्रम शोषण विरुद्ध युवा, इन्टर्न र आवासीय चिकित्सकहरूले माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको संघर्ष समिति’ को आह्वानमा आयोजित उक्त प्रदर्शनमा सहभागीहरूले ब्यानर र प्लेकार्डसहित आफ्ना आधारभूत श्रम अधिकार र मानवीय कार्यवातावरणको माग गरेका छन्।

प्रदर्शनकारी चिकित्सकहरूका अनुसार “सिकाई” र तालिमको नाममा इन्टर्न तथा आवासीय चिकित्सकहरूलाई लगातार २४ देखि ३६ घण्टासम्म ड्युटीमा खटाइने गरिएको छ। यसले चिकित्सकहरूको मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै बिरामीको उपचारको गुणस्तरमा समेत जोखिम बढाएको उनीहरूको भनाइ छ।

तस्बिरहरू : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com