काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा आयुक्तद्वय गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
बुधबार बसेको समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका कार्की र आयुक्तका लागि प्रस्तावित वाग्ले तथा सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
आयुक्तद्वय वाग्ले र सुब्बाको संसदीय सुनुवाइ मंगलबार सम्पन्न भएको थियो भने प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ बुधबार गरिएको थियो। सुनुवाइ प्रक्रिया पूरा भएपछि समितिले तीनै जनाको नियुक्तिका लागि सिफारिस अनुमोदन गरेको हो।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया