काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा नागरिकको सहज प्रवेशबारे छलफल भएको छ ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले सिंहदरबार प्रवेश गर्न नागरिकलाई समस्या रहेको र यसलाई कसरी सहज बनाउन सकिन्छ भनेर छलफल गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। कामविशेषले सिंहदरबार छिर्नुपर्ने नागरिकलाई सहज बनाउन गृहमन्त्रालयले कर्मचारी राख्न पर्ने भए त्यसका लागि पनि तयार रहेको गृहमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

सरकारले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा पासको व्यवस्था गर्दै आएको छ । सुरक्षा जाँच तथा कडाइ पनि हुने गरेको छ । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीचको भेटमा फेरि कोरोना सङ्क्रमणकाे जोखिम बढेको तथा सङ्क्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा उच्च सावधानी अपनाउनेबारे पनि छलफल भएको छ ।

प्रकाशित मिति: १६ पुस २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com