काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै लामिछाने ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

ओलीसँगको भेटमा मन्त्रालयको भागबण्डाको विषयमा छलफल भएको बताइन्छ । सात दलीय गठबन्धनमा मन्त्रालयको भागवण्डाबारे सहमति हुन सकेको छैन । शीर्ष नेताहरुले यस विषयमा परामर्श तीव्र पारेका छन् ।

आजै बिहान बालुवाटारमा भएको भेटमा प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन लामिछानेलाई निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति: १६ पुस २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com