काठमाडौं : नेकपा एमालेले मोटरबाटो पुग्न कठीन बस्तीहरुमा केबुलकार चलाउने प्रस्ताव अघि सारेको छ। पार्टी स्थापना दिवसको अवसरमा चुनावी घोषणा पत्र जारी गर्दै एमालेले मोटरबाटो पुग्न कठिन बस्तीहरुमा स्तरीय पदमार्ग, केबुलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने उल्लेख गरेको छ। 

त्यस्तै प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने र प्रतेयेक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत् पालिका केन्द्रसँग जोड्ने र हरेक बस्तीहरुलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने अवधारणा एमालेले लिएको छ।

त्यस्तै सडक निर्माण गर्दा यसको दीगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने र जथाभाबी डोजर प्रयोगलाई निरुत्साहित गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ।
त्यस्तै ठूला नदी प्रणालीहरुमा जल यातायातको विकास गर्ने र यातायात सुविधान पुगेका पालिकाहरु अटो भिलेजको विकास गर्ने घोषणा पत्रमा उल्लेख छ।

त्यस्तै विद्युतीय सवारी साधन लगायत पर्यावरणमैत्री यातायात सञ्चालनलाई प्रोत्साहन गर्ने र यससम्बन्धी आवश्यक पूर्वाधार विकास गर्ने अवधारणा एमालेले लिएको छ।

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com