काठमाडौँ । अस्ट्रेलियाको गोल्ड कोस्टको सिवल्र्ड नजिकको आकाशमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा चार जनाले ज्यान गुमाएका छन् ।

क्विन्सल्यान्ड प्रहरीले प्रारम्भिक अनुसन्धानबाट एउटा हेलिकोप्टर उड्न लागेको र अर्को अवतरण गर्न लागेको अवस्थामा दुर्घटना भएको बताएको बीबीसीले लेखेको छ ।

ज्यान गुमाउनेमा उड्न लागेको हेलिकोप्टरमा सवार व्यक्तिहरू रहेका छन् । सोही हेलिकोप्टरका अन्य तीनजना यात्रुको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

दुर्घटनापछि आपत्कालीन अवतरण गरिएको अर्को हेलिकोप्टरमा सवार ६ मध्ये पाँचजना यात्रुलाई सामान्य चोटपटक लागेको बताइएको छ ।

स्थानीय समयअनुसार सोमबार अपराह्न करिब दुई बजे भएको यस हवाई दुर्घटनाबारे अष्ट्रेलियाली पारवहन सुरक्षा ब्युरोले अनुसन्धान गरिरहेको छ ।

ठोक्किएपछि दुईवटै हेलिकोप्टर ब्रिस्बेनदेखि करिब ७५ किलोमिटर दक्षिणमा पर्ने मेन बिच नामक एक पर्यटकीय क्षेत्र नजिक खसेका थिए ।

स्थानीय ट्राफिक प्रहरीले घटनालगत्तै सो क्षेत्रमा सवारीसाधन र बटुवाहरूको प्रवेश रोकेको थियो ।

 

प्रकाशित मिति: १८ पुस २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com