काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस कम्युनिस्ट पार्टीहरूसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । उनले नेपालको राजनीतिमा कम्युनिस्टहरूकाे दाेहाेराे चरित्र देखिएकाले अहिले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने बताए । 

महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस पार्टीसँग ३०/३२ लाख मतदाता छन् । हामी त्यसमा चित्त बुझाउने हो ? त्यसभन्दा हाम्रो मतदाता बढ्दैन भन्ने कुरा ठान्ने हो र हामीले हिम्मत नगर्ने हो भने हामी निरन्तर रूपमा कुनै न कुनै कम्युनिस्ट पार्टीको डरमा बाँचिरहनुपर्ने हुन्छ । हामी अहिले डराउने भयौँ । हामीले सँगै लिएर नहिँडे अर्को कम्युनिस्ट पार्टीसँग गएर मिल्ने हो कि भन्ने डरमा भयौँ । यो चुनाव सकिएपछि फेरि ठूलो चुनाव आउँछ । ठूलो चुनावमा झनै तर्साउने भए । मिल्दिउँ, गइदिउँ उता, छोडिदिउँ भन्दा होइन, होइन भन्नुपर्ने भयो । फेरि मिल्ने भयौँ । फेरि मिल्दा चुनाव पनि जितौँला । चुनाव जितेको भोलिपल्ट दिने हो कि होइन भन्ने भए । फेरि हामी डराउने भयाैँ ।’

महामन्त्री थापाले कुनै पनि ठाउँमा तालमेल गर्ने कि नगर्ने भनेर निर्णय गर्ने अधिकार महानगर र उपमहानगरको सम्बन्धमा केन्द्रीय समितिसँग भएको र बाँकी सबै ठाउँको अधिकार, जिल्ला र त्योभन्दा तलका तहलाई अधिकार दिएको बताए ।

ढिलो/चाँडो नेपालका कम्युनिस्टहरू एक हुने भन्दै काङ्ग्रेस महामन्त्री थापाले नेपालका सबै कम्युनिस्टहरू एकै ठाउँमा हुँदा पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउने आफ्नो लक्ष्य रहेको बताए ।

 

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com