काठमाडौँ । अमेरिकाको मेरिल्यान्ड राज्यको ‘जनरल एसेम्बली’ मा दोस्रो पटक विजय हासिल गरेका नेपाली मूलका पहिलो अमेरिकी विधायक डा‍. ह्यारी भण्डारीले शपथ ग्रहण गरेका छन् ।

नेपाली मूलबाट अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो  हुन् । मेरिल्यान्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारीले भागवत गीता छोएर शपथ लिएका हुन् ।

शपथ ग्रहणपछि भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताको कारण एक आप्रवासीको रूपमा मतदाताले मत दिएर विजयी गराउनु महत्त्वपूर्ण उपलब्धि भएको टिप्पणी गरे ।

भण्डारीले आफ्नो कार्यालय रहेको स्थानमा नेपालको झन्डा र सगरमाथाको फोटोसमेत राखेका छन् ।

यस अगाडि आयोजित एक बधाई कार्यक्रममा डा. भण्डारीले गीताको सारजस्तै कर्म गर्न आफू लागिरहने बताएका थिए । सार्वजनिक सेवामा काम गर्न मलाई गीताको सारले सदैव प्रेरित गर्ने उनले बताए ।

भण्डारी मेरिल्यान्ड राज्यको तल्लो सदन जनरल एसेम्बलीमा डिस्ट्रिक ८ बाट १९ हजार सात सय दुई मत ल्याएर गएको नोभेम्बर महिनाको ८ तारिखमा भएको चुनावमा विजयी भएका थिए ।

 

प्रकाशित मिति: २८ पुस २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com