काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले रवि लामिछाने नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य रहेको भन्दै उनी अनागरिक र राज्यविहीन नभएको बताएका छन् ।
सर्वोच्च अदालतले बिहीबार लामिछानेले नेपालको नागरिकता प्राप्तिमा प्रक्रिया नपुर्याएको भन्दै सांसद पद खारेज गरेको थियो ।
‘धेरैले रवि लामिछाने अनागरिक र राज्यविहीन भएको टिप्पणी गरेको देखियो। नेपालको संविधान, पृष्ठ ४ मा ‘नेपालको नागरिकता‘प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्,’ लेखिएको छ’, मिश्रले भनेका छन्, ‘उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ उनी अनागरिक र राज्यविहीन होइनन्।’
प्रकाशित मिति: १४ माघ २०७९, शनिबार
प्रतिक्रिया