हाल देशमा भारतको बिहार तथा पश्चिम बंगाल आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश र प्रदेश नं २ का पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज(शनिबार) दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com