काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मङ्गलवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

बालकोटमा भएको भेटमा रविले सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने धारणा राखेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले आफूहरू पनि समझदारी कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको बताएको एमाले स्रोतले बताएको छ ।

‘सरकार निर्माण गर्दा जे समझदारी हो, त्यही नै कार्यान्वयन हुनुपर्छ’ ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘तर प्रधानमन्त्रीको कुरा हो ।’

रविसँगको भेटमा ओलीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी भएका थिए ।

सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि फेरि गृह मन्त्रालयमा नै फर्किन खोजेका छन् । त्यसका लागि उनले प्रधानमन्त्री प्रचण्डलाई पनि दबाब दिएका छन् । त्यही सिलसिलामा एमाले अध्यक्ष ओलीलाई पनि भेटेका हुन् ।

 

प्रकाशित मिति: १७ माघ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com