काठमाडौं । सोल्टी होटलले यसअघि होटल, रेष्टुरेण्टले ग्राहकसँग लिँदै आएको सेवाशुल्क लिन नपाउने सर्वोच्च अदालतको फैसलाको विरोध गरेको छ । गत बुधवार सर्वोच्चले श्रमिकको नाममा लिईंदै आएको १० प्रतिशत सेवाशुल्क खारेजको आदेश दिएपछि होटल संघर्षमा उत्रन लागेको हो ।

नेपाल पर्यटन तथा होटल श्रमिक संघ,नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघको संयुक्त ट्रेड युनियन संघर्ष समितिले काठमाडौंको ताहाचलस्थित होटल सोल्टी परिसरमा ‘संघर्षका कार्यक्रम घोषणा सभा’ गरेको छ ।

१० प्रतिशत सेवाशुल्क पुनःस्थापनाको मागसहित समितिले अन्य संघर्षका कार्यक्रम घोषणा गर्ने बताइएको छ । सभामा नेपाल पर्यटन तथा होटल श्रमिक संघका अध्यक्ष खेमराज खड्का,नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनका अध्यक्ष लक्ष्मण तिवारी, निवर्तमान अध्यक्ष सूर्यबहादुर कुँवरको उपस्थिति थियो ।

यस्तै, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष कुमार पन्त, निवर्तमान अध्यक्ष तथा इञ्चार्ज माधव पाण्डेय, साना तथा ठूला होटल, रेष्टुरेण्टहरुमा कार्यरत कर्मचारी तथा श्रमिकलगायत झण्डै चार सयको सहभागिता रहेको सोल्टी होटलका कर्मचारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com