काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल सफलले रवि लामिछाने नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै आयोगमा निवेदन दिएका हुन् ।

रवि लामिछानेकाे नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेकाले त्यही नागरिकता प्रयोग गरेर खोलेको पार्टी पनि खारेज गर्नुपर्ने निवेदककाे दाबी छ । यसअघि रवि लामिछानेको नागरिकता विवादमा पनि पौडेल लगायतले नै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

यस्तै पौडेलले यसअघि अध्यागमन विभाग र प्रहरी परिसर काठमाण्डाैमा पनि अमेरिकाको नागरिकता त्याग्नुअघि नेपाली राहदानी लिएको मुद्दामा रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै निवेदन दिएकोभए पनि दुवै निकायले निवेदन दर्ता गर्न अस्वीकार गरेका थिए ।

 

प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com