१० वैशाख,  हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिए ।

सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए ।

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com