काठमाडौं । पूर्वप्रधानसेनापति रुक्मांगद कट्‌वाल सैनिक अस्पताल भर्ना भएका छन् ।

दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका उनलाई स्वास्थ्य जटिल बनेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आईसीयूमा उपचार सुरू गरिएको हो ।

७५ वर्षीय कट्‌वाल पछिल्लो समय मिर्गौलासम्बन्धी समस्याका कारण पीडित छन् । हप्तामा दुई दिन कट्‌वालको डायलासिस गराइँदै आइएको छ ।

डायलासिसको क्रममा उनलाई समस्या देखिएको भएपनि अहिले केही सुधार देखिएको बताइएको छ ।

 

प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com