काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलको उक्साहटमा लागेर आफूले तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई बर्खास्त गर्ने निर्णय लिएको बताएका छन् । कैलालीको मसुरियामा बोल्दै उनले कटवाललाई हटाउनु गम्भीर गल्ती भएको स्वीकारे ।

‘रुक्माङ्गगत कटवाल तीन महिनापछि त्यसै जानेलावा थिए। दायाँतिर बादल बायाँतिर बाबुराम ठोक भन्ने जतिबेला पनि,’ प्रचण्डले भने,‘यीनीहरु मात्रै के कम भनेर ठोक्दिहाले त्यसपछि मेरै प्रधानमन्त्री पद गयो ।’ आफू अलि लाटोसोझो भएर निर्णय लिएको बताए ।

गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु पनि आफ्नो गल्ती भएको बताए । उनले भने,‘जीन्दगीभर राजतन्त्र भनेको मान्छे मर्ने बेलामा गणतन्त्र भनेर माओवादीसँग हात मिलाएर आए । त्यस्तो बुढालाई राष्ट्रपति बनाउन पाइएन ।’

पछिल्लो समय बादल एमालेमा र बाबुराम जसपामा छन् । दुवैप्रति प्रचण्डले आलोचना गरे । यसलाई अर्थपूर्ण मानिएको छ । 

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com