काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा एक बाबुले सात वर्षीया छोराीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
किशोर भण्डारी नामक ती व्यक्तिले पहिले छोरीको हत्या गरेपछि आफूले पनि डोरीको पासो लगाइ आत्महत्या गरेका हुन्।
प्रहरीका अनुसार रामेछापको खाँडादेवी स्थायी घर भइ फार्मेसी सञ्चालन गर्दै आएका भण्डारीले छोरीको घाँटी रेटेर हत्यापछि आफूले पनि पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।
टंकप्रसाद मार्गस्थित डेरामै दुबै जना मृत फेला परेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: २१ माघ २०७९, शनिबार
प्रतिक्रिया