एजेन्सी । सिरियामा भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट नवजात शिशुको उद्धार भएको छ । उद्धारकर्मीहरुले भूकम्प गइसकेपछि भग्नावशेषमुनि जन्मिएका शिशुको उद्धार गरेका बीबीसीले जनाएको छ ।

आमा मृत अवस्थामा र शिशु जीवितै भेटेको र अहिले शिशुको स्वास्थ्य अवस्था स्थिर रहेको बीबीसीको खबरमा उल्लेख छ ।

भूकम्पमै परेर ती शिशुका बुवा, चार दाजुभाइ र एक काकीले पनि ज्यान गुमाएको शिशुका आफन्तलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

एउटा भिडियाेमा ती शिशुलाई धुलोले ढाकेको अवस्थामा भग्नावशेषबाट निकालिएको देखिन्छ ।

इडलिब प्रान्तको विपक्षी नियन्त्रित एक सहरबाट उनको उद्धार भएको हो । टर्कीमा गएको भूकम्पका कारण टर्की र सिरियामा गरी सात हजार ८ सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

 

प्रकाशित मिति: २५ माघ २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com