काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा चर्काचर्की भएको छ । हिजो राति बालुवाटारमा बसेको कांग्रेस शिर्ष नेताहरूको बैठकमा विराटनगर महानगरपालिकाको मेयरका विषयमा कुरा नमिल्दा सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच चर्काचर्की भएको हो ।

शेरबहादुर देउवाले “विराटनगरको राजनीति तपाईंहरू बुझ्नुहुन्न,” अमृत अर्याललाई मेयर बनाउनु पर्छ भनेपछि शेखर कोइरालाले भने, “२०५४ सालमा मेयर लडेर हारेको मान्छेलाइ टिकट दिने अहिले ? सांसद , मन्त्री, मुख्यमन्त्री बनाउनुहोस् अलग कुरा भयो। उहाँलाई मेयरमा झार्ने काम नगर्नुहोस् । विराटनगरको निर्णय गर्दा तपाईंले महेश आचार्य र मिनेन्द्र रिजाललाई सोध्नु भयो ?”

विराटनगर महानगरको मेयरमा शेखर काेइरालाले नागेश कोइराला, यस्तै कृष्णप्रसाद सिटौलाले भीम पराजुलीको नाममा अडान लिए। ‘अमृत अर्याल र डिला संग्रौलाको नाममा पनि छलफल भयो’, बैठकमा उपस्थित एक नेताले भने, ‘भरतपुरको उपमेयरमा दीर्घमान श्रेष्ठ र महानगर सभापति चित्रसेन अधिकारीको नाम आयो।’

शुक्रबार राति बिनानिष्कर्ष बैठक टुंगिएकाले आज बिहान ११ बजे बस्ने कार्यसम्पादन समितिको बैठकले त्यस विषयमा निर्णय गरेको एक नेताले बताए।

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com