काठमाडौं । नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज वर्ल्ड बुक अफ रेकर्ड नेपालका प्रतिनिधिले सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।

सेनाले स‌ंगठन स्थापनाको २६०औं वार्षिकोत्वका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते उक्त संख्यामा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले हस्तान्तरण गरेका हुन्।

मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ। नेपाली मौलिक चाड दसैं, तिहार, संक्रान्ति, देउसी, भैलो, जात्रालगायतका अरु विभिन्न चाडपर्वमा सबै जाति र समुदायले अपनत्व ग्रहण गर्ने साझा बाजाका रूपमा मादललाइ लिने गरिन्छ।

‘नेपालको मौलिक बाजा मादललाई प्रवर्धन गर्ने हिसाबले भएको नौलो र पहिलो प्रयास थियो, सेनाले यसलाई सम्पन्न गर्‍यो। ठूलो संख्याले एकै पटक विभिन्न तालमा बजाएर कायम गरेको वर्ल्ड रेकर्डमा सङ्ग्रहित गरेका छौ‌ं,’ उनले भने।

 

प्रकाशित मिति: ६ फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com