काठमाडौं । कास्कीमा वडाध्यक्षले कुटेको आरोपमा सब-इञ्जिनियरले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।
माछापुच्छ्रे गाउँपालिका-८ मा कार्यारत सब इञ्जिनियर लक्ष्मण जिसीले आफू माथि सोही गाउँपालिकाका वडाध्यक्ष राम बहादुर गुरुङले शुक्रबार बिहान कुटपिट गरेको आरोप लगाउँदै प्रहरीमा निवेदन दिएका हुन् । गुरुङले आफूमाथि इज्जत प्रतिष्ठामा आँच आउने किसिमले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको तथा कुटपिट गरेको जिसीले बताएका छन् ।
वडाध्यक्ष गुरुङले टाउको, नाक, घाँटी र शरीरको विभिन्न भागमा चोटपटक लाग्ने गरि कुटपिटसमेत गरेको जिसीले निवेदनमा उल्लेख गरेका छन् । घटनाको विरोधमा कास्कीका विभिन्न कर्मचारी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाही तथा पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् ।
प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार
प्रतिक्रिया