काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको भूमिका अपरिवर्तनीय रहेको बताएका छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेजमा वैशाख ५ देखि सुरु भएको ‘कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह’ मा सम्बोधन गर्दै प्रधानसेनापति शर्माले उक्त कुरा बताएका हुन् ।

‘अन्तर्राष्ट्रिय तथा क्षेत्रिय घटनाक्रमहरुले मुलुकको परिस्थितिलाई समेत प्रभावित गरिरहने भएतापनि नेपालको सीमानाभित्र नेपाली सेनाले निर्वाह गर्दै आईरहेको भूमिका सामान्यतः अपरिवर्तनीय रहने छ,’ प्रधानसेनापति शर्माले भने,‘नेपाली सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारीहरु संविधानबाटै निर्देशित हुनुको साथै स्वदेशमा र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बहुआयामिक चरित्रका छन् ।’

नेपाली सेनाका ३ जना महिलासहित ८० अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका १/१ जना गरी ३ जना अधिकृतहरु तथा श्रीलंका, केन्या, नाईजेरिया, पाकिस्तान, बंगलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका १/१ जना गरी ९ जना विदेशी अधिकृतसहित जम्मा ९२ जना शिक्षार्थी अधिकृतहरुले उक्त तालिम सम्पन्न गरी बिहीबार दीक्षित भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

२०४९ पुस १४ मा स्थापना भएको सो कलेजले २०५० भाद्र २० मा १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी पहिलोपटक कमाण्ड तथा स्टाफ तालिम थालनी गरेको थियो । सन् २०१० बाट विदेशी शिक्षार्थीहरु सहभागी गराईएको यस तालिमबाट हालसम्म नेपाली सेनाका १ एक हजार १२०, नेपाल प्रहरीका १४, सशस्त्र प्रहरी बल नेपालका २६, राष्ट्रिय अनुसन्धान विभागका १७, रक्षा मन्त्रालयका एक र विभिन्न राष्ट्रहरुका १०८ गरी जम्मा एक हजार २८६ जना शिक्षार्थी अधिकृतहरु प्रशिक्षित भएका छन् ।

प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com