काठमाडौं । सिंहदरबारभित्र रहेको केन्द्रीय क्यान्टिनमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्दा म्याद सकिएका खानेकुरा भेटिएका छन्।

क्यान्टिनमा खानयोग्य अवधि सकिएका र म्याद सकिएका मसला तथा दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी भेटिएको विभागको भनाइ छ।

विभागले आइतबार केन्द्रीय क्यान्टिनमा आकस्मिक अनुगमन गरेको थियो। विभागका बजार निरीक्षण अधिकृत टोलीले अनुगमन गर्दा क्यान्टिनमा दुर्गन्धित मासु र तरकारीसमेत फेला परेको थियो।

यो मात्रै होइन, सिंहदरवारभित्र सञ्चालित अधिकांश यस्ता चमेना गृहहरू कुनै भट्टी भन्दा कम छैनन्, न त खुल्ला स्पेस नै छ न त गुणस्तरीय नै, सरसफाइ त कुन चरीको नाम हो भन्ने अवस्था सिंहदरवारमै छ ।

 

प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com