काठमाडौं । रामेछापमा एक व्यवसायीले आत्महत्या गरेका छन् । बैंकको किस्ता तिर्न नसकेपछि रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भीरपानीका व्यवसायी दीपक पौडेलले आत्महत्या गरेका हुन् ।

विगत लामो समयदेखि काठमाडौंमा बस्दै आएका व्यवसायी पौडेल आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । घरमा कोही पनि नभएको अवस्थामा पौडेलले घरको भर्याङ्गमा झुण्डिएर आत्महत्या गरेको पारिवारिक स्रोतले पुष्टी गरेको छ ।

पौडेल ठुलै व्यापारी भएको र बैंकको किस्ता तिर्न नसकेपछि देहत्याग गरेको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताएका छन् । ‘पौडेलले बिहानै मर्निङ वाकमा जाँदा डोरी किनेका रहेछन् ।’ अध्यक्ष श्रेष्ठले भने– ‘आमालाई भाईको घरमा, श्रीमतीलाई जुस किन्न र छोरोलाई कलेज पठाएर उनले आत्महत्या गरेछन् ।’

अन्दाजी ५० वर्षीय पौडेलले व्यवसाय सञ्चालनका लागि भन्दै ठूलो रकम ऋण लिएका थिए । आर्थिक मन्दी र चर्को ब्याजदरका कारण ऋण तिर्न नसकेपछि उनले देहत्याग गरेको पारिवारिक स्रोतले बताएको छ । पारिवारिक स्रोतका अनुसार उनले पछिल्ला केही दिनदेखि घरमा पनि ऋणको भार एकदमै बढी भएको र आफुले अब थेग्न नसक्ने बताउँदै आएका थिए ।

 

प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com