काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरमा अनधिकृत ड्रोन उडेको छ।

सत्ता गठबन्धनको बैठक चलिरहँदा ६ बजेर १० मिनेटमा प्रधानमन्त्रीको सरकारी निवासमाथी ड्रोन उडेको हो । उत्तरदेखि दक्षिणतिर उडेको ड्रोन पुनः दुई मिनेटमा सोही दिशामा ड्रोन उडेको छ ।

केही मिनेटसम्म त्यस क्षेत्रमा ड्रोन उडेको तर सुरक्षाकर्मीहरुले तत्काल कुनै एक्सन लिएनन् । उनीहरुले हेरे मात्रै । ड्रोन केही बेरसम्म उडेको थियो ।

अहिले उक्त अनधिकृत ड्रोन खोज्न नेपाली सेनाले आफ्नो ड्रोन उडाएको छ । बालुवाटार सुरक्षा निकाय अहिले उक्त ड्रोन कसले र किन उडायो भन्ने खोजीकार्यमा लागेको छ।

प्रकाशित मिति: २१ फाल्गुन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com