काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले बैंक तथा वित्तीय संस्थाहरूलाई ‘शत्रु’को संज्ञा दिएका छन् ।

आइतबार काठमाडौँको माइतीघरमा आयोजित एक कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाहरूले साथ दिनेभन्दा पनि शत्रुको व्यवहार गरेको भन्दै आपत्तिसमेत जनाए ।

सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तीय संस्थाहरूको विरोधमा आन्दोलनको नै सुरुआत गर्नुपरेको उनले जिकिर गरे ।

प्रसाईँले १७ लाख परिवारको घर बैंक तथा वित्तीय संस्थाहरूले लिलामी गर्ने सूचना आफूले पाएको दाबीसमेत गरे ।

“बैंक, लघुवित्त, सहकारीहरूले साथ दिने होइन, शत्रुको रूपमा व्यवहार गर्ने काम भयो,” उनले भने, “आफ्नै घरमासमेत बस्न नदिने अवस्थामा बैंकहरुले पुर्‍याए । त्यसो भएपछि आफूहरूले आन्दोलन नै सुरु गर्नुपर्‍यो ।”

प्रसाईँले राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ महाअभियान सञ्चालन गर्ने भन्दै काठमाडौँमा शनिबार (हिजो)देखि आन्दोलनको कार्यक्रम सुरु गरेका छन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com