काठमाडौं । भारतका विपक्षी नेता राहुल गान्धीलाई आपराधिक मानहानिको मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको छ । गुजरातको सुरत जिल्ला अदालतले यस्तो फैसाला गरेको हो । तर, उनी जेल भने जाने छैनन् । किनभने जेल सजाय सुनाइएपछि नै उनलाई जमानतमा छाड्न पनि आदेश दिइएको छ ।

सन् २०१९ मा नै उनलाई आपराधिक मानहानि मुद्दामा दोषी ठहर गरिएको थियो । त्यसबेला उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै मोदी थरको विषयमा भद्दा टिप्पणी गरेका थिए ।

उनले कसरी सबै चोरको थर मोदी हुन्छ भन्दै टिप्पणी गरेका थिए । अदालतको फैसलालाई उल्ट्याउन ३० दिनभित्र उनले उच्च अदालतमा अपिल गर्न सक्छन् ।

प्रकाशित मिति: ९ चैत्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com