धनुषा । आजबाट सुरू भएको एसईई परीक्षाअन्तर्गत धनुषाको एक परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पठाइएको पाइएको छ । धनुषाको औरही गाउँपालिकास्थित मावि चक्कर परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि उक्त केन्द्रमा झण्डै एक घण्टा ढिलो परीक्षा सुरू भएको हो ।

अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्न पत्र पाइएपछि उक्त परीक्षा केन्द्र ढिलो गरी परीक्षा सुरु भएको जिल्ला शिक्षा समन्वय इकाइ धनुषाका प्रमुख युक्त शर्माले जानकारी दिए ।

उनका अनुसार बिहान ८ बजे सुरु हुने परीक्षाको प्रश्नपत्र पठाउन प्राविधिक गडबडी भएपछि मुचुल्का गरेर सो केन्द्रमा ८ बजेर ५० मिनेटमा परीक्षा सुररू भएको छ ।

प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com