काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेललकाे छातीमा समस्या देखिएकाे छ ।
शनिबार साँझ पेटमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पाैडेललकाे छातीमा समस्या देखिएकाे उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।
‘उहाँकाे छातीमा समस्या देखिएकाे छ । अहिले एन्टिबायोटिक चलाइएकाे छ ‘, ति चिकित्सकले भने ।
उनका अनुसार पाैडेलकाे स्वास्थ्यकाे थप परीक्षण भइरहेकाले बिहान ११ बजेपछि प्राप्त हुने रिपाेर्ट हेरेर थप निर्णय लिइनेछ । अहिले राष्ट्रपति पाैडेललाई चिकित्सककाे निगरानीमा राखिएकाे छ ।
प्रकाशित मिति: १९ चैत्र २०७९, आइतबार
प्रतिक्रिया