काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ ।

बहस सुरू नहुँदै न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि आजको सुनुवाइ रोकिएको हो ।

लामिछानेमाथिको राहदानी दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध अधिवक्ता युवराज सफलले सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार दर्ता भएको रिटको आज सुनुवाइको लागि पेशी तोकिएको थियो । रविको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता सुनिल पोखरेल पनि पुगेका थिए ।

सामान्यतः प्रारम्भिक सुनुवाइमा विपक्षी वकिल उपस्थित हुँदैनन् । तर, न्यायाधीश सिन्हाले अघिल्लोपटक रविको विपक्षमा भएको फैसलामा आफू पनि रहेकाले हेर्न नमिल्ने भनेपछि सुनुवाइ रोकिएको हो ।

 

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com