काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबलअन्तर्गत एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ । बुधबार दशरथरंगशालामा नेपाल १–५ गोलअन्तरले पराजित भयो । नेपालका लागि एक मात्र गोल सावित्रा भण्डारीले गरिन् ।

भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन् भने फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक–एक गोल गरिन् ।

समूह सी मा रहेको नेपालले अब शनिबार भियतनामसँग दोस्रो खेल खेल्नेछ । प्यलेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र  भियतनाम मात्र छन् ।  शीर्ष टिम यो समूहबाट दोस्रो चरणमा प्रवेश गर्नेछ ।

 

प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com