काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‌ओलीले आफूलाई भाइरल ज्वरो आएको बताएका छन्।

‘अहिले म एन्टिबायोटिक औषधी खाएर निवासमै आराम गरिरहेको छु। तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन,’ ओलीले भनेका छन्।

उनले स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा ती क्षेत्रका मतदातालाई भेट्न जाने बताएका छन्।

 

प्रकाशित मिति: ३ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com