काठमाडौ । निरा आचार्यको हत्यामा संलग्न रहेको आरोपमा शनिबार पक्राउ परेका विनोद बिकलाई आज काठमाडौं ल्याइँदै छ।

हिजाे दिउँसाे झापाबाट पक्राउ परेका विनोदलाई सोधपुछका लागि आज काठमाडौं ल्याउन लागिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको एक उच्च अधिकारीका अनुसार पक्राउ परेका विनोद बाउन्सर हुन्। निराको हत्यामा उनको संलग्नताबारे भने खुलिसकेको छैन।

हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंमा पनि तीन जनासँग सोधपुछ गरिरहेको ती प्रहरी अधिकारीले जानकारी दिए।

सरस्वतीनगरमा भाँडा पसल चलाउँदै आएकी निराको वैशाख ७ गते दिउँसो पसलमै भएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

यस घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति बनेको थियो।

प्रकाशित मिति: १७ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com