काठमाडौं । वैशाख ७ गते कपनस्थित सरस्वतीनगरमा भएको नीरा पाण्डे आचार्यको हत्या सिक्री लुट्नका लागि भएको खुलेको छ। सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि निराको हत्या गरिदिएको घटनामा संलग्न विनोद विश्वकर्माले प्रहरीलाई बयान दिएका छन्।

उनले पसलमा पुगेको ८ मिनेटको बीचमा निरालाई करिव २० ठाउँमा छुराले हानेर हत्या गरी मृतकले लगाएका गहना लुटेर भागेको खुलेको छ। दिउँसो २ बजेर ४६ मिनेट जाँदा घटनास्थलमा पुगेका बिनोद ५४ मिनेट जाँदा घटनास्थलबाट बाहिरिएका थिए।

पसलमा पुगेपछि विनोदले निरुलाई सामान किन्ने बहाना बनाएका थिए। पछि सिक्री लुट्न खोज्दा निराले प्रतिकार गरेको र चक्कु प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ। निरुको हत्यापछि लुटेको गहना वेचेर उनी झापा पुगेका थिए।

प्रहरीले लामो अनुसन्धानपछि उनलाई पक्राउ गरेको हो। इन्ड्राइभमार्फत घटनास्थल नजिकै पुगेका विनोदले हुलिया चिन्न गाह्रो पर्नेगरी अनुहारमा मास्क लगाएका थिए। सीसी क्यामेरा फुटेजमा पनि राम्रोसँग खुल्न सकेको थिएन।

विनोदले हत्या गर्नुको थप कारणबारे अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। विनोदले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै गहना बिक्री गरेको पसलबारे पनि बताइसकेका छन्। उनी काठमाडौंकै एक नाइट क्लबका बाउन्सर हुन्। तर पछिल्लो समय आफूले त्यो जागिर छाडेको उनले प्रहरीलाई बताएका छन्।

 

प्रकाशित मिति: १७ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com