काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको फाइल खोल्न सुरु भएको बताएका छन् । पार्टीको दलित सङ्गठनले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै प्रचण्डले यो ट्रेलर मात्र भएको दाबी गरे

‘अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ । कुनै पनि हालतमा भ्रष्टाचारलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ, यो ट्रेलर मात्र हो, हेर्दै जानुस् सिंगै फिल्म देखिनेवाला छ’ प्रचण्डले भने ।

यसबीचमा सरकारमाथि घेराबन्दी र दबाब आउन सक्ने भन्दै उनले उत्पीडित समुदायले आफूलाई साथ दिनुपर्ने बताए ।

‘त्यसपछि पक्कै पनि ठुल्ठुला घेराबन्दी होलान्, ठुला ठुला दबाबहरू आउलान्, धम्कीहरू होलान्, धेरै चिजहरू हुन सक्छन् यो बीचमा’ उनले भने, ‘तर उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवी समुदाय साथमा भयो भने जतिसुकै ठूलो घेराबन्दी र दबाब र धम्कीको सामना गरिनेछ ।’

यसवर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले दलितहरूका लागि विशेष घोषणा गर्ने प्रचण्डले आश्वासन दिए ।

 

प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com