काठमाडौं । स्कूल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय (सोम त्रिवि)का विद्यार्थीले  विश्वविद्यालयमै पहिलो पटक नयाँ योजनाकासाथ भिडिओ पत्रीका सुरु गर्ने भएका छन्। यही बैशाख २४ गते भिडिओ पत्रीका उद्घाटन गर्ने विद्यार्थीहरुको तयारी छ।

यस भिडिओ पत्रीकामा मासिक रूपमा विभिन्न सूचनामूलक भिडिओ, लेखहरू, भूतपूर्व विद्यार्थीका अनुभवहरुलाई समेटेर विभिन्न प्रकारका विषयबस्तु प्रकाशन/प्रशारण गर्ने भएको छ। त्यसैगरी विद्यार्थीलाई प्रोत्साहन गर्ने विभिन्न किसिमका उद्यमशीलता सम्बन्धि विषयवस्तु पनि भिडिओ पत्रीकामा समावेश गर्ने विद्यार्थीहरुको तयारी छ।

भिडिओ पत्रिकामा काम गरिरहेकी पुजा सिंहका अनुसार “यस भिडिओ पत्रिकामा आबद्ध भएर व्यवस्थापन, सञ्चार र व्यक्तित्व विकासमा सहयोग पुग्ने बताएकी छिन्”।

भिडिओ पत्रिका www.somtuvmag.com मार्फत हेर्न सकिनेछ।

प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com