काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारलाई आचारसंहिता पालना गराउन पनि चुनौती देखिएको बताएको छ । तराईका जिल्लाबाट यसअघि नै जन्मदिन मनाएका उम्मेदवारले चुनावको बेलामा फेरि जन्मदिन मनाएर भोज खुवाउन लागेको भन्दै आयोगमा उजुरी परेको हो ।


प्रमुख आयुक्त थपलियाले भने, ‘तराईका जिल्लाबाट आयोगमा पाँच÷सात सूचना आएको छ । वैशाख ६ गते बर्थडे मनाएका व्यक्तिले फेरि वैशाख १७ गते बर्थडे भोज गर्न लागे भन्ने सूचना आएको छ । यस अगाडि नै जन्मदिन भए पनि हुँदै नभएको दिनमा भोज खुवाएर जन्मदिन मनाउने हो कि भन्ने चिन्ता थपिएको छ ।’


उम्मेदवारले गर्ने यस्ता काम रोक्न पनि आयोगलाई चुनौती रहेको उनले बताए । शनिबार काठमाडौंको चन्द्रागिरी नगरपालिकाका एक वडाध्यक्षले सारी वितरण गर्न लागेकोमा आयोगले रोकेको प्रमुख आयुक्त थपलियाले बताए ।


यस्तै वैशाख २७ गतेदेखि ३० गतेसम्मको मौन अवधिको समय पनि आयोगका लागि चुनौतीपूर्ण रहेको उनले बताए । उम्मेदवार मनोनयनका क्रममा व्यापक मात्रामा झण्डा र ब्यानर प्रयोग गर्ने चलन रहेकाले यो वर्ष आयोगले कडाई गरेको छ । सम्बन्धित प्रमुख अधिकारीलाई एउटा झण्डा र ब्यानरभन्दा बढी लगेमा थुत्न निर्देशन दिएको थपलियाले बताए ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com