काठमाडौं । पाकिस्तानको अर्धसैनिक बलले भूतपूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेसँगै पाकिस्तानमा हिसांत्मक प्रदर्शन सुरु भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार इमरानको पक्राउसँगै सुरु भएको प्रदर्शनमा हालसम्म ६ जनाको मृत्‍यु भएको छ भने देशभर इन्टरनेट सेवा समेत अवरुद्द गरिएको छ ।

इमरान नेतृत्वको पाकिस्तान तारिखे इन्साफ पार्टीका कार्यकर्ताहरु पाकिस्तानमा नाराबाजी तोडफोड तथा आगजनीमा उत्रिएको रिपोर्टमा उल्लेख छ । कार्यकर्ताहरूले गए राती रावलपिन्डीस्थित सेनाको मुख्यालय, लाहोर स्थित गवर्नर हाउस, आर्मी कमाण्डर तथा अन्य सैनिक पदाधिकारीहरुको घरमा तोडफोड तथा आगजनी गरेका छन् ।

मंगलबार पक्राउ परेका इमरान खानलाई आज अदालतमा पेश गरिनेछ । उनलाई अनुसन्धान एजेन्सी एनएबीको आदेशमा पाकिस्तानी रेन्जर्सले पक्राउ गरे पछि उनलाई सोधपुछका लागि रावलपिंडीस्थित एनएबी मुख्यालयमा सारिएको थियो।

पूर्वप्रधानमन्त्रीलाई मुद्दाको सुनुवाइका लागि एनएबी अदालत वा न्यायिक परिसरमा नभई इस्लामाबाद प्रहरी मुख्यालयमा लगिने बताईएको छ । पाकिस्तान सरकारले इमरानको ज्यान खतरामा पर्न सक्ने भन्दै यस्तो निर्णय गरेको बताएको छ । अल कादिर विश्वविद्यालय घोटाला प्रकरणमा पक्राउ परेका खानलाई अझै ४–५ दिन हिरासतमा राखिने बताइएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com