ताप्लेजुङ ।  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ । ताप्लेजुङको ओलाङचुङगोलाको वडा नम्बर ७ मा वडाध्यक्ष निर्बिरोध भएसँगै एमालेले बिजयको खाता खोलेको हो । 

ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा निर्विरोध वडाध्यक्ष भएका हुन् । टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्बिरोध वडासदस्य  भएका छन् । गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरे पनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै सर्वसम्मत वडाध्यक्ष सहित वडा सदस्यहरुको चयन गरेको छ ।

देशभर उम्मेदवारी मनोनयन र टिकटको लागि मारामार चलिरहेको बेला ओलाङचुङगोलाको गाउँ भेलाले एमाले नेता छेतेन शेर्पालाई वडाध्यक्ष बनाउने निर्णयसहित निर्बिरोध वडाध्यक्ष बनाएका हुन । उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्यहरु सर्वसम्मत चयन गरेको हो ।

वडाध्यक्ष छेतेन शेर्पाका अनुसार गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक यस वडामा अरु कोही पनि व्यक्तिले उम्मेदवारी दिएका छैनन् । साथै उनीहरूविरुद्ध वडाका कसैले पनि उम्मेदवारी दर्ता नगर्ने सहमति भएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com